Sunday, December 2, 2018

खगेन्द्र पराजुली
१६ मंसीर देबचुली
नवलपुर जिल्लाकै सामुदायिक बिद्यालय तर्फको नमूना बिद्यालयका ?पमा चिनिने भिमसेन आदर्श माबिले स्वर्ण महोत्सव मनाउने बेलासम्ममा बिद्यालयलाई पूर्ण प्रबिधिमैत्री बनाउने भएको छ । देबचुली नगरपालिकाको वडा नम्वर ७ मा रहेको बिद्यालयले ४९ औ बार्षिकोत्सवको अवसरमा प्रत्येक कक्षाकोठालाई प्रबिधिमैत्री बनाउने उदेश्यले आयोजना गर्ने फुड फेस्टिवल भन्दा पहिले नै प्रोजेक्टर उपलब्ध गराउन भन्दै दाताले प्रतिवद्धता जनाइसकेको बिद्यालयका प्रधानाध्यापक नरदेब न्यौपानेले जानकारी दिनुभएको छ । 

प्रधानाध्यापक न्यौपानेले आइतवारसम्म छ थान प्रोजेक्टरका लागी ४५ हजारका दरले छ जनाले प्रतिवद्धता ब्यक्त गरेको बताउनुभयो । जसमा देवचुली न . पा.  ९ का ओमराज अधिकारी बिद्यालयका पुर्व शिक्षक हाल अमेरिकाबाट  उमापती भुसाल. पुर्व विद्यार्थी हाल अमेरिकाबाट भुपाल विक्रम बि.क., अभिभावक जीवलाल भट्टराई, बिद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य तथा ब्यवसायी दलदलेका कृष्ण प्रसाद गौतम, पूर्व बिद्यार्थीह?को संस्था भिसान अल्मुनाई सहित ६ थान प्रोजेक्टरका लागी सहयोग गर्ने प्रतिवद्धता आइसकेको छ ।   
बिद्यालयले सोमवारदेखि बुधवारसम्म ३ दिने फुड फेस्टिवल गर्दैछ । फुड फेस्टिवलमा राखिने खाना बिद्यार्थी आफैले बनाई प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा राखिएको खाना तथा खाजाका परिकार फेस्टिबल हेर्न आउनेलाई ख्वाउने र त्यसवाट संकलित रकमले बिद्यालयलाई प्रबिधिमैत्री बनाउने उदेश्यमा खर्च गरिने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो । जंक फुड निषेध गरौं दीर्घ जीवनका लागी स्वस्थकर खानाको प्रयोग गरौं भन्ने उद्घोषका साथ संचालन गरिने ३ दिने प्रदर्शनीले जतासुकै मौलाउँदै गएको जंक फुड प्रयोगकतार्मा सचेतना जगाउन सहयोग पुग्ने अध्यक्ष भुसालले बताउनुभयो ।
प्रदर्शनमा खानाका १२ स्टलका साथै फुड फेस्टिवलसँग सम्वन्धित बिद्यार्थीले नै तयार गरेका चित्र पोष्टर कार्टुन एवं पावरप्वाइन्ट स्लाइड, बिज्ञान प्रदर्शनीका ३ वटा स्टल, संग्राहालय सामाग्री प्रदर्शनीका ३ वटा स्टल, बिद्यार्थीद्धारा नै नौमती बाजा बजाउने प्रदर्शनी, पिउने पानीको महत्व लगायत बिबिध साँस्कृतिक कार्यक्रम रहनेछन् । बिद्यालयको बार्षिकोत्सवका अवसरमा १२ गतेदेखि खेलकुद क्रियाकलाप अन्तर्गत बल, एथलेटिक्स बौद्धिक क्षमता अभिबृद्धि क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, बक्तृत्वकला लगायतका कार्यक्रम भईरहेको छ । 
बिद्यालयको ४९ औं बार्षिकोत्सव तथा बार्षिक क्रियाकलापह?को समापन एवं पुरस्कार बितरण मंसीर २१ गते गरिने बिद्यालयले जनाएको छ । बिद्यालयले प्रत्येक कक्षाकोठामा एउटा प्रोजेक्टर पुग्नेगरी २० वटा प्रोजेक्टर राख्ने लक्ष्य लिएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *