Sunday, December 2, 2018

खगेन्द्र पराजुली
१६ मंसीर, देवचुली
 जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आठौं राष्ट्रिय खेलकुद २०७५ जिल्ला छनौट प्रतियोगिता शुरु भएको छ । नवलपुरका ६ स्थानमा आइतवारदेखि शुक्रवारसम्म हुने खेलकुदका कार्यक्रम अन्तर्गत आइतवारको शुभारम्भ खेल भलिवलवाट भएको हो  । 

मध्यविन्दु नगरपालिकाको बडा नम्वर १ पतवारी खेल मैदानमा भएको भलिवलतर्फको खेलवाट १० जना महिला र १० जना पुरुष गरी जम्मा २० जना खेलाडी छनौट भएका छन् । 

जिल्ला खेलकुद बिकास समिति नवलपुरले आयोजना गरेको कार्यक्रमको संयोजन समितिका अध्यक्ष बिकास खड्काले गर्नुभएको थियो भने कार्यक्रममा भलिवल संघका केन्द्रिय सदस्यहरुको समेत सहभागिता रहेको थियो । प्रतिस्पर्धामा भलिवलतर्फ आवेदन दिएका ४० पुरुष र ३० महिला खेलाडीले भाग लिएका थिए ।

 शुक्रवारसम्म चल्ने छनौट प्रतिस्पर्धाको दोस्रो दिन सोमवारको कार्यक्रम एथलेटिक्स, कपर्दी र खोखो कावासोती नगरपालिका वडा नम्वर ३ को राममन्दिर खेल मैदानमा हुने जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काका अनुसार जिल्लावाट छनौट भएका खेलाडी प्रदेश हुदै राष्ट्रियस्तरको खेलकुलमा छनौटका लागी प्रतिस्पर्धामा पुग्नेछन् । खेलाडी छनौट प्रतिस्पर्धामा ७ सय खेलाडीको आवेदन परेको र त्यसमध्ये २ सय ४५ खेलाडी छनौट हुने खड्काले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *