Tuesday, December 4, 2018

खगेन्द्र पराजुली
१८ मंसीर, कावासोती
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जिल्लामा क्रियाशील पत्रकारहरुसँग ट्राफिक गतिबिधि सञ्चालनसँग सम्वन्धित सुझाव संकलन गरेको छ । मंगलवार ट्राफिक कार्यालयमा भएको कार्यक्रममा नवलपुरमा सरुवा भइ आउनुभएका कार्यालय प्रमुख प्रहरी निरीक्षक युवराज भण्डारीले गण्डकी प्रदेशमै सबैभन्दा धेरै दुर्घटना हुने जिल्ला नवलपुरमा दुर्घटना न्यूनीकरणका निम्ति सञ्चार क्षेत्रमा क्रियाशील ब्यक्तिहरुको राय सुझाव महत्वपूर्ण हुने भन्दै कार्यक्रम आयोजना गरिएको वताउनुभयो ।

 प्रहरी उपरिक्षक भण्डारीले कावासोतीमा सञ्चालित  रिफ्रेस सेन्टरलाई थप ब्यवस्थित गर्दै  लैजाने, दुर्घटनाको सम्भावित क्षेत्र दाउन्ने खण्डमा अव्यवस्थित रुपमा सवारी साधन एवं मालवाहक गाडी पार्किङ गर्न नदिने, दुर्घटना भएका गाडीलाई एक दुई घण्टाभित्रमा सडकवाट हटाउने र बिद्यालय स्तरको सचेतना कार्यक्रमलाई थप प्रभावकारी गरिने बताउनुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश पत्रकार महासंघका उपाध्यक्ष नारायण शर्माले दुर्घटना न्युनीकरणमा दुर्घटना भयो क्षति  भयो भन्ने भन्दा पनि दुर्घटना के कारणले भएको हो भन्ने बिषयले महत्व राख्ने भन्दै दुर्घटनाको ठोस कारण पहिल्याउन सके सोको रोकथाम गर्न सकिने सुझाव दिनुभयो । उपाध्यक्ष शर्माले मुख्य सडकका अतिरिक्त नवलपुरका भित्री तथा स्थानीय सडकमा समेत जनशक्ति र समयको चाँजोपाँजो मिलाएर ट्राफिक प्रहरीको सक्रियता बढाउन आग्रह गर्नुभयो ।
 सोही अवसरमा जिल्लाको ट्राफिक गतिविधिलाई अझ प्रभावकारी गराउन कावासोतीमा रहेको डोको बिकास संस्थाले आठ थान मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिन जिल्ला ट्राफिक कार्यालय नवलपुरलाई हस्तान्तरण गरेको छ । ब्रेथलाइजर मेसिन संस्थाका अध्यक्ष दिपक शर्मा कंडेलले प्रहरी निरीक्षक युवराज भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।

 ट्राफिक कार्यालय कावासोतीमा रहेका यसअघिका तीन वटा ब्रेथलाइजर मेसिन बिग्रिएका छन् । नवलपुरले पूर्व पश्चिम राजमार्गको ७० किलोमिटर सडकको भु भाग ओगटेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *