Monday, December 10, 2018

खगेन्द्र पराजुली, 
२४ मंसीर, कावासोती
कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा कावासोती १३ र दोस्रो खेलमा कावासोती ३ ले जित निकालेका छन् । कावासोतीको राममन्दिर खेल मैदानमा सोमवार भएका २ खेलमध्ये पहिलो खेलमा कावासोती १३ ले कावासोती १० लाई ६–० को गोल अन्तर वनाउँदै जित हात पारेको हो । 

प्रतिस्पर्धामा कावासोती १३ का जर्सी नम्वर ११ का खेलाडी शाहिल मगरले ५ गोल गरेका थिए । निर्धारित समयभन्दा ढिला शुरु भएपछि ६० मिनेटसम्म मात्र खेलाईएको खेलमा शालिले ११, १३, ३२, ३९, र ४० मिनेटमा ५ गोल गरेका हुन् भने जर्सी नम्वर ७ का राहुल मगरले ५३ औं मिनेटमा १ गोल गरी आफ्नो समूहको खातामा ६ गोलको योगफल निकाल्न सफल भए । 

 त्यस्तै वडा नम्वर ३ र १५ बीच भएको दोस्रो खेलमा  कावासोती ३ ले १५ लाई ३ का बिरुद्ध ० गोल अन्तरले पराजित गरेको छ । ८० मिनेट खेलाईएको खेलको पहिलो हाफको एघारौं मिनेटमा कावासोती ३ का जर्सी नम्वर १७ का खेलाडी टंक थनेतले १ गोल गर्दै खाता खोलेका थिए भने  वडा नम्वर ३ कै जर्सी नम्वर  ११ का खेलाडी प्रकाश पुनले पच्चीसौं मिनेटमा र ७७ औं मिनेटमा २ गोल गरेका थिए । 

कावासोती नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगिताले बिशुद्ध नगरपालिकामा रहेका उत्कृष्ट फुटबल खेलाडीको पहिचान गर्न मदत पुग्ने र नगरपालिकाभित्रका खेलाडीमा खेलप्रतिको आकर्षण बढ्ने तथा हौसला समेत वढ्ने अखिल नेपाल फुटवल संघ एन्फा नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो ।

 पौष २ गतेसम्म चल्ने प्रतियोगितामा कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच तथा नवलपुर र परासीका फुटवल संघका महिला खेलाडीकाबीच मैत्रीपूर्ण खेलको कार्यक्रम समेत राखिएको छ । 

मंगलवारको पहिलो खेल वडा नम्वर २ र ९ तथा दोश्रो खेल ६ र ८ बीच हुने आयोजकले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *