खगेन्द्र पराजुली
२५ मंसीर, कावासोती
कावासोती नगरपालिकाद्धारा सञ्चालित प्रथम मेयर कप फुटवल प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा कावासोती २ र दोस्रो खेलमा कावासोती ८ ले जित निकालेका छन् । कावासोतीको राममन्दिर खेल मैदानमा मंगलवार भएका २ खेलमध्ये पहिलो खेलमा कावासोती २ ले कावासोती ९ लाई ५–० को गोल अन्तर वनाउँदै जित हात पारेको हो ।
प्रतिस्पर्धामा कावासोती २ का जर्सी नम्वर ८८ का खेलाडी कृष्ण श्रेष्ठले ३ गोल गरेका थिए । उनले ३५, ६७ र ७४ मिनेटमा ३ गोल गरेका हुन् । खेलमा कावासोती २ का जर्सी नम्वर ११ का बल बहादुर थापाले ८ औं मिनेटमा खाता खोलेका थिए भने ८४ औं मिनेटमा जर्सी नम्वर ९९ का सुरज गुरुङले १ गोल गरेका थिए ।
त्यस्तै वडा नम्वर ८ र ६ बीच भएको दोस्रो खेलमा कावासोती ८ ले ६ लाई ३ का बिरुद्ध ० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफको एक्काइसौ मिनेटमा कावासोती ८ का जर्सी नम्वर ८ का खेलाडी मनिष तामाङले १ गोल गर्दै खाता खोलेका थिए भने जर्सी नम्वर ७ का खेलाडी बिमल आलेले ६७ र ७८ औं मिनेटमा २ गोल गरेका थिए ।
कावासोती नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगिताले बिशुद्ध नगरपालिकामा रहेका उत्कृष्ट फुटबल खेलाडीको पहिचान गर्न मदत पुग्ने र नगरपालिकाभित्रका खेलाडीमा खेलप्रतिको आकर्षण बढ्ने तथा हौसला समेत वढ्ने अखिल नेपाल फुटवल संघ एन्फा नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो ।
पौष २ गतेसम्म चल्ने प्रतियोगितामा कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच तथा नवलपुर र परासीका फुटवल संघका महिला खेलाडीकाबीच मैत्रीपूर्ण खेलको कार्यक्रम समेत राखिएको छ । बुधवारको पहिलो खेल वडा नम्वर ५ र १२ तथा दोश्रो खेल १ र ४ बीच हुने आयोजकले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment