Wednesday, December 12, 2018

खगेन्द्र पराजुली
२६ मंसीर कावासोती
कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिताको पाँचौे दिनको पहिलो खेलमा कावासोती ५ र दोस्रो खेलमा कावासोती ४ ले जित निकालेका छन् । कावासोतीको राममन्दिर खेल मैदानमा सोमवार भएका २ खेलमध्ये पहिलो खेलमा कावासोती ५ ले कावासोती १२ लाई २–० को गोल अन्तर वनाउँदै जित हात पारेको हो । 

प्रतिस्पर्धामा कावासोती ५ का जर्सी नम्वर ७ का खेलाडी रोशन श्रेष्ठले २ गोल गरेका थिए । रोशनले हाफ अगाडि ३१  मिनेटमा र हाफ पछाडी ८७ मिनेटमा २ गोल गरेका हुन् । 

त्यस्तै वडा नम्वर १ र ४ बीच भएको क्वाटरफाइनल चरणको खेलमा  कावासोती ४ ले १ लाई ३ का बिरुद्ध २ गोल अन्तरले पराजित गरेको छ । खेलको शुरुवाती गोल कावासोती १ का जर्सी नम्वर १० का खेलाडी दिपक अधिकारीले २३ औ मिनेटमा गरेपनि २६ औ मिनेटमा कावासोती ४ का जर्सी नम्वर ९ का खेलाडी नविन महतोले जवाफी गोल फिर्ता गर्दै खेललाई बरावरी गराएका थिए । भने मध्यान्तर अगाडी ३६ औं मिनेटमा वडा नम्वर ४ का जर्सी नम्वर १२ का प्रकाश महतोले गरेको गोलपछि १ गोलको अग्रता रहेको हो । अत्यन्त प्रतिस्पर्धात्मक रुपमा चलेको खेलमा ६६ औ मिनेटमा प्रकाशले दोस्रो गोल गरेका थिए । खेलको अन्तिममा थपिएको ३ मिनेटमा वडा नम्वर १ का दीपक अधिकारीले नै अर्को १ गोल गर्दै अन्तर घटाएका थिए । यससँगै वडा नम्वर १ को लागी प्रथम मेयर कपको प्रतिस्पर्धाको यात्रा यस वर्षलाई रोकिएको छ । 

कावासोती नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगिताले बिशुद्ध नगरपालिकामा रहेका उत्कृष्ट फुटबल खेलाडीको पहिचान गर्न मदत पुग्ने र नगरपालिकाभित्रका खेलाडीमा खेलप्रतिको आकर्षण बढ्ने तथा हौसला समेत वढ्ने अखिल नेपाल फुटवल संघ एन्फा नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो । 

पौष २ गतेसम्म चल्ने प्रतियोगितामा कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच तथा नवलपुर र परासीका फुटवल संघका महिला खेलाडीकाबीच मैत्रीपूर्ण खेलको कार्यक्रम समेत राखिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दितीय हुनेलाई ४० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र तथा सेमिफाइनलमा पुग्ने २ टीमलाई नगद दश दश हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *