Saturday, December 15, 2018

खगेन्द्र पराजुली, 
कावासोती
तराई र भित्री मदेश क्षेत्रमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम उपभोक्ताहरुको हितमा भएको जिल्ला डिभिजन बन कार्यालय नवलपुरका प्रमुख बिजयराज सुबेदीले बताउनुभएको छ । सनिवार कावासोती १ मा रहेको जनकल्याण सामुदायिक बन उपभोक्ता समुहको पाँचौ साधारण सभा तथा प्रथम अबिधेशनको उद्घाटन एवं नवनिर्मित वन कार्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सुवेदीले एक पटकको योजनाले ८० वर्षपछिसम्मको माग र आबश्यकतालाई सम्वोधन गर्न सक्ने यो भन्दा प्रभावकारी बिकल्प अर्को नभएको दाबी गर्नुभयो । 
कार्यक्रममा फेकोफन नवलपुरका सदस्य हुमनाथ पाण्डे, डिभिजन बन कार्यालय नवलपुरका सहायक बन अधिकृत भिम बहादुर पौडेल, सव डिभिजन कार्यालय कोटटाँडीका प्रमुख दिपक अधिकारी, कावासोती १ का वडाध्यक्ष नारायण प्रसाद पन्त, लगायत स्थानीय संघसंस्थाका प्रतिनिधि, सामाजिक ब्यक्तिहरुको सहभागिता थियो । 
कार्यक्रममा समुहका अध्यक्ष कविराम भण्डारीले बार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको अनुमानित आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो भने आन्तरीक लेखा समितिका सदस्य लोक प्रसाल काफ्लेले लेखा प्रतिवेदन सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन समुहका सचिव लोक बहादुर थापाले तथा स्वागत इन्द्र बहादुर मोक्तानले गर्नुभएको थियो । 
कावासोती १ का सिताराम चोक, स्कुलटोल, लोकाहा स्याउली, लोकाहा टाँडीका ३ सय २५ घरधुरी उपभोक्ता रहेको वनको क्षेत्रफल १ सय ८४ हेक्टर रहेको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *