Saturday, December 15, 2018

खगेन्द्र पराजुली, 
कावासोती
मेयर कप फुटवल प्रतियोगिताको फाइनल चरणको खेलमा कावासोती ४ र कावासोती ३ नम्वर वार्ड प्रबेश गरेका छन् । कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिताको क्वाटरफलाइनलमा कावासोती ३ र ४ ले  ले जित निकालेका हुन् । कावासोतीको राममन्दिर खेल मैदानमा शनिवार भएका २ खेलमध्ये पहिलो खेलमा कावासोती ४ ले कावासोती ८ लाई ६–०  गोल अन्तर वनाउँदै जित हात पारेको हो । 

प्रतिस्पर्धामा   कावासोती ४ का जर्सी नम्वर ७ का खेलाडी लुक बहादुर झेडीले ३९, ५३ र ५८ औं मिनेटमा ३ गोल गरेका थिए ।  त्यस्तै जर्सी नम्वर ९ का नविन महतोले १३ र २३ औ मिनेटमा २ गोल गरे भने जर्सी नम्वर ६ का खेलाडी युवराज महतोले ७४ औं मिनेटमा गरेको एक गोल सहित कावासोती ४ ले ६ गोलको फराकिलो योगफल  वनाएको हो ।

 त्यस्तै वडा नम्वर ३ र ५ बीच भएको दोस्रो खेलमा  कावासोती ३ ले ५ लाई २ का बिरुद्ध १गोल अन्तरले पराजित गरेको छ । खेलको शुरुवाती गोल वडा नम्वर ५ का जर्सी नम्वर ६ का खेलाडी निशान परियारले नवौं मिनेटमा गरे पनि हार बेहोर्नुपर्यो । खेलको ४५ औं मिनेटमा कावासोती ३ का जर्सी नम्वर १७ का टंक महतोले ४५ औं मिनेटमा गरेको गोलले खेललाई बराबरीमा ल्याएपछि जर्सी नम्वर ११ का अर्का खेलाडी प्रकाश पुनले ७७ औं मिनेटमा गरेको गोल निर्णायक हुन पुग्यो ।  पहिलो हाफसम्म नै वलियो देखिएको कावासोती ५ लाई कावासोती ३ का खेलाडी हाफपछि भारी परेका थिए ।

क्वाटर फाइनलमा जित निकालेसँगै कावासोती ४ र ३ फाइनल चरणमा प्रबेश गरेको हो । कावासोती नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगिताले बिशुद्ध नगरपालिकामा रहेका उत्कृष्ट फुटबल खेलाडीको पहिचान गर्न मदत पुग्ने र नगरपालिकाभित्रका खेलाडीमा खेलप्रतिको आकर्षण बढ्ने तथा हौसला समेत वढ्ने अखिल नेपाल फुटवल संघ एन्फा नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो । पौष २ गतेसम्म चल्ने प्रतियोगितामा आज आइतवार नवलपुर र परासीका फुटवल संघका महिला खेलाडीकाबीच पहिलो चरणमा तथा कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच दोस्रो चरणको मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दितीय हुनेलाई ४० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र तथा सेमिफाइनलका उपबिजेतालाई नगद दश दश हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । पुस २ गते सोमवार फाइनल खेल सँगै समापन समारोह हुनेछ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *