Thursday, December 27, 2018

खगेन्द्र पराजुली
पौष १२, देबचुली
देबचुली नगरपालिकाकामा बिधुतको पहुच नपुगेका पहाडी गाउमा अव छिट्टै बिजुलीबत्ती पुग्ने बताईएको छ । देबचुली नगरपालिकाको वडा नम्वर ५ को बिकट गाउका रुपमा लिइएकोे बन्दीपुरमा आयोजित एक कार्यक्रममा बोल्दै देबचुली नगरपालिकाका उप मेयर पार्वता तिवारीले नगरपालिका क्षेत्रमा बिजुली नपुगेका गाउहरु बन्दीपुर, कुमसोत, बेलश्वारा, बाह्रकोल लगायतका बस्तीमा गण्डकी प्रदेशले ल्याएको पहिलो योजना उज्यालो अभियान अन्तर्गत रहेर बिद्युत प्रसारण पुर्याउन प्रदेश सरकारसमक्ष कागजातहरु पुर्याईसकेको बताउनुभयो । उप मेयर तिवारीले यसै बर्ष प्रदेश सरकार मार्फत बिद्युतको परियोजनाका लागी धेरै थोरै बजेट समावेश हुने दावी गर्दै आगामी आर्थिक बर्षमा कार्य सम्पन्न गर्ने गरी योजनामा पार्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

वहाले बिकट पहाडी क्षेत्रको भौतिक पूर्वाधार र बिकासका लागी मुण्डे देखि वडा नम्वर ६ को किर्तिपुरको बाटोलाई ५० लाख र वडा नम्वर ५ को मिर्तुङदेखि बन्दीपुरसम्मको बाटोमा ५० लाख रुपैयाको योजनाको काम भैरहेको स्मरण गराउदै सुगम नगरपालिकाको दुर्गम गाउ भएपनि यहाका उत्पादनलाई बजारसग जोडिने र त्यसवाट स्थानीयको आयआर्जन माथि उठाउन समेत योजना वनाइने वताउनुभयो । वहाले वन्दीपुरवासीहरुले परम्परागत रुपमा गरिरहेको कृषि प्रणलीमा सुधार गरी आधुनिक तथा आयआर्जन हुनेगरी ब्यवसायिक रुपमा कृषि उत्पादन, बंगुर एवं बाख्रा पालनको पकेट क्षेत्र वनाउन सुझाव दिनुभयो । 


बन्दीपुर क्षेत्रमा स्थानीय जातका बाख्रा तथा बंगुर पालन घरैपिच्छे भएकाले पुरानो तरीकावाट काम गर्दा खर्च बढी हुने साथै ढिलो तथा थोरै आम्दानी हुने वहाको भनाई थियो । कार्यक्रममा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, बिद्युत, खानेपानी, बाटो लगायतको समस्या रहेको वातएका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *