खगेन्द्र पराजुली
पौष १२, देबचुली
देबचुली नगरपालिका वडा नम्वर ५ स्थित नेपाल धर्ती आधारभूत बिद्यालयका सम्पूर्ण बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको गरिएको छ । जागृति वाल तथा युवा सरोकार नेपाल, परिवर्तनका लागी युवा नेपाल र बेटर नवलपरासीको संयुक्त आयोजनामा र सहयोगमा कार्यक्रम भएको हो ।
बिहीवार न्यानो कपडा अन्तर्गत बिद्यालयकै पोशाक ७० थान स्वीटर र टोपी एक कार्यक्रमका वीच प्रदान गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देबचुली नगरपालिकाका उपमेयर पार्वता तिवारीले देबचुली नगरपालिकाको बिकट गाउको रुपमा रहेको नेपाल धर्ती आधारभूत बिद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पुर्वाधार बिकासका लागी नगरपालिकाले योजनाका साथ सघाउने बताउनुभयो । उप मेयर तिवारीले दरबन्दी र कर्मचारी मिलानका लागी सम्वन्धित बिभागबाट बुझेर कामकारबाही अगाडी वढाइने बताउनुभयो ।
बितरण कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सल्लाहकार होमनाथ जैसी, वाल परामर्शदाता खिमानन्द भुसाल,लगायतले युवाहरुको पहलमा भएको यस्तो कार्य र अभियानले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खाले कार्यको निरन्तरताको अपेक्षा गर्दै शुभकामना भनाई राख्नुभएको थियो ।
न्यानो कपडा बितरण कार्यक्रमको औचित्यका वारेमा बोल्दै बेटर नवलपरासीका संयोजक बिश्वास लामिछानेले एक हप्ता अगाडी बिद्यालयका वारेमा अध्ययन गरी बास्तबिक रुपमै जाडोको समयमा आधारभुत तहका बिद्यार्थीहरुमा एकनासको पोशाक नहुदा बिद्यालयमा उपस्थित हुन समेत अप्ठ्यारो परेको जसका कारण पठन पाठनमा प्रभाव परेकाले अभियान थालेको बताउदै यस अभियानमा सहयोग पुर्याउने सबैमा धन्यवाद दिनुभयो । वहाले यस अभियानले बिद्यार्थीमा नियमित बिद्यालयमा उपस्थिति शुने परिपाटीको बिकास हुनुका साथै पठनपनठनमा सुधार आउने बिश्वास गर्नुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यम बहादुर डिस्वाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले गर्नुभएको थियो ।
देबचुली नगरपालिकाको वडा नम्वर ५ मा पर्ने नेपाल धर्ती आधारभुत बिद्यालय पहाडी तथा बिकट गाउका रुपमा मानिन्छ । बन्दीपुर, हर्खपुर, ढवाहा, पाटीश्वारा र मौलाथुम्की ५ वटा गाउँको यो एउटा मात्र प्राथमिक बिद्यालय हो । प्राबि तहको पढाई पछि माध्यमिक तहको शिक्षा लिनका लागी यहाका वालबालिका २ घण्टा हिडेर सकला माबि केउरेनी अथवा भिमसेन माबि रामवास जानुपर्ने बाध्यता छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment