खगेन्द्र पराजुली
देबचुली, ८ जेठ,
मंगलबार बेलुकी आएको हावाहुरिले देवचुली नगरपालिकाका करिब २ सय भन्दा बढी घरमा क्षति पुगेको छ । देवचुली नगरपालिकाको वडा न ७ मा बढी क्षति पुगेको देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले जानकारी गराउनु भएको हो । वहाँले भन्नुभयो यो क्षतिको बिवरण प्रारम्भिक हो, हामीले सबै वडाको अनुगमन गरेपछि बिवरण थपघट हुन सक्छ ।
हावाहुरी आएपछीको समयमा वडा न ६, ७, ८, ९, ११, १२ र १४ लगायतका वडाको अनुगमन गर्दा करिब २सय भन्दा बढी घरमा क्षति पुगेको विवरण आफुले प्राप्त गरेको जानकारी गराउनु भयो । दैबिप्रकोप आउदा आफ्नो नगर भित्र धेरै ठाउमा क्षति पुग्दा आफुलाइ दुख लागेको उप प्रमुख तिवारीले बतानुभएको हो ।
यस्तो बिपतिको बेला आफुले १७ वडाकै वडा अध्यक्षलाई सम्पर्क गरि जनताको उद्दारमा खटिन निर्देशन समेत दिनुभएको छ भने बुधबार ८ गते बिपत ब्यबस्थापन समितिको आपत्कालिन बैठक बोलाइ छिटो भन्दा छिटो हावाहुरी प्रभावित नगरबासीलाई राहात उपलब्ध गराउन पहल गर्ने वहाँले बताउनु भयो । मंगलवार आएको हुरीले टिनले छाएको छाना उप्काएर घर नै उदाङ्गो पारेको छ भने पानीसंगै परेको असिनाले मकै, फलफुल तरकारी लगायतका बालीनालीमा समेत नोक्सानी पुर्याएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment