खगेन्द्र पराजुली
८ जेठ, देबचुली
देवचुली नगरपालिका १ केउरेनीमा रहेका २ वटा बिद्यालय एक आपसमा समायोजन भएका छन् । केउरेनीमा रहेको नेपाल माध्यमिक बिद्यालय र नारायणी किनार नजिकको बोटेबस्तीमा रहेको नवजागरण प्राथमिक बिद्यालयबीच आज समायोजन भएको हो ।
नेपाल माबिमा भएको बिद्यालय समायोजन घोषणामा उपस्थित देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले भेग र पायक पर्ने बिद्यालयहरु नजिक नजिक छिरलिएर सञ्चालन गर्दा भन्दा एउटै भए शैक्षिक गुणस्तरदेखि भौतिक पूर्वाधार समेत बलियो हुने वताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा युवा तथा खेलकुद शाखा देवचुलीका प्रमुख राम प्रसाद शर्माले नेपाल सरकारले लागुु गरेको प्रावधान बमोजिम दूरी र बालबालिकाको उमेरका हिसावले मर्ज गर्न सकिने बिद्यालयलाई समायोजन गर्दा कर्मचारी र जनशक्तिको ब्यवस्थापन निति र बिधि अनुसार गर्न सकिने हुदा बिद्यालयमा हुने आर्थिक ब्ययभार समेत घटर बिद्यार्थी र अभिभावक समेत यसवाट लाभान्वित हुन सक्छन् भन्दै शैक्षिक स्तर समेत बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।
![]() |
| file photo |
कार्यक्रममा देबचुली १ का वडाध्यक्ष लक्ष्मणराज भण्डारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षद्धय कृष्णबहादुर के.सी. र सुभाष ओझा, दुबै बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी र स्थानीय शिक्षाप्रेमी बुद्धिजिबी लगायतको उपस्थिति रहेको थियो ।
देबचुली नगरपालिकाभित्र रहेका ३४ वटा सामुदायिक बिद्यालयमध्ये हालसम्म ११ वटा बिद्यालयबीच मर्ज सम्पन्न भएको छ । यसअघि बरचुली माबि रजहरमा लक्ष्मी प्राबि छिपेनी र कुमारवर्ती प्राबि पिप्रहर, देबचुली माबि रजहर र ध्रुवज्योती प्राबि, जनज्योति माबि प्रगतिनगर र प्रगति आधारभूत बिद्यालय, भिमसेन आदर्श माबि र देबचुली आधारभूत बिद्यालय मर्ज भइसकेका थिए ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment