खगेन्द्र पराजुली
देबचुली, ८ जेठ
मंगलबार बेलुकी आएको हावाहुरिले देवचुली नगरपालिकाका करिब २ सय भन्दा बढी घरमा क्षति पुगेको छ । देवचुली नगरपालिकाको वडा न ७ मा बढी क्षति पुगेको देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले जानकारी गराउनु भएको हो । हिजो साँझ परेको बिपद्को आज बिहानैदेखि अनुगमन, अवलोकन र निरीक्षण भईरहेको छ । देवचुली नगरपालिकाको वडा नम्वर ७ सितावासमा बढी परेको हावाहुरीको प्रभाव वडा नम्वर ६ किर्तिपुर, वडा नम्वर ८को रामवास मुण्डे क्षेत्र, ९ को बिशालटार, १० को भगवतीटोल, ११ को धारापानी, कुनाघाट, १२ को मुक्तिक्षेत्र, र १४ को छत्तिसघर लगायतका ठाउँमा समेत असर पुगेको छ ।
उप प्रमुख पार्वता तिवारीका अनुसार सीतावासमा मात्रै १ सय भन्दा धेरै घर, गोठ, मन्दिर, ब्यवसायिक कुखुरा पालन गर्न बनाइका खोर लगायतमा क्षति पुगेको छ । हावाहुरीले प्राय कच्ची जस्ता घरहरुलाई पूर्ण रुपले क्षति पुर्याएको छ भने पक्की घरमा समेत असर गरेको छ ।
हावाहुरीले देबचुली अधिकांश क्षेत्रमा बिजुलीका पोलहरु भाचिएका छन् । तारहरु चुडिएका छन् । प्रगतिनगर खानेपानी तथा सरसफाई आयोजनाको सितावासमा रहेको ट्यांकी परिसरमा रहेको बिजुलीको पोल भाँचिएको छ । नवलपुरमा बिजुलीको आपुर्तिमा अनियमित भइरहदा फेरी ठूलो परिमाणमा तारहरु चुडिदा र पोलहरु भाँचिदा स्थानीय अध्यारोमा वस्न बाध्य छन् । २४ सै घण्टा पानीको आपुर्ति र बितरण गर्दै आएको प्रगतिनगर खानेपानी संस्थाले सुचना नै गरेर पानी बितरणमा समेत समय कटौती गर्नुपरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
नगरपालिकाले कर्मचारीहरुलाई बिहानैदेखि क्षतिको बिबरण संकलन गर्न खटाएको छ । सम्पूर्ण लगत संकलन भैनसकेको नगरपालिकाले जनाएको छ । प्रभावित क्षेत्रको अनुगमन अनुसार करीव २ दर्जनको हाराहारीमा बस्नै नमिल्ने गरी पूर्ण क्षति पुर्याएको छ । सितावास क्षेत्रमा पानीसगै परेको असिनाले मकै, फलफुल तरकारी लगायतका बालीनालीमा समेत नोक्सानी पुर्याएको छ । यद्यपि, कुनै मानवीय क्षति भने भएको छैन । अहिले देवचुलीवासी साँझ पर्न थालेपछि र उत्तरतिरको मौषम धमिलिदा त्रसित हुने गरेका छन् ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment