Tuesday, May 28, 2019

खगेन्द्र पराजुली,
कावासोती, १४ जेठ 
गण्डकी प्रदेश शिक्षा तालिम केन्द्रले नवलपुरमा बाल बिकासका सहजकर्तालाई लक्षित तालिम सञ्चालन गर्ने भएको छ । यही जेठ २० गते देखी २४ गतेसम्म कावासोतीमा चल्ने तालिमको समन्वय जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ नवलपुरले गर्ने भएको छ । 
नवलपुरमा रहेका ४ नगरपालिका र ४ गाउँपालिकाका नगरपालिकाबाट दश–दश जना र गाउँपालिकावाट ५–५ जनाका दरले सामुदायिक बिद्यालयहरुमा सञ्चालित बाल बिकास कक्षामा कार्यरत सहजकर्ता मध्येबाट सम्वन्धित पालिकाको शिक्षा शाखाले सिफारीस गरी आएकालाई तालिममा सहभागी गराईने जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिनुभयो । 

पाँच दिनसम्म चल्ने तालिममा सबै पालिकावाट ६० जना बाल बिकास कक्षाका सहजकर्तालाई सहभागी गराइने इकाई प्रमुख पोख्रेलले जानकारी दिनुभएको हो । 
तालिममा गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र तनहुँका तालिम प्रमुख लगायतले प्रशिक्षण प्रदान गर्ने जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *