खगेन्द्र पराजुली
देबचुली, २९ जेठ
देवचुली नगरपालिकाले सामुदायिक आयोजना सञ्चालन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
प्रमुख प्रशासकिय अधिकृत भुसालका अनुसार स्थानीय निर्देशक समितिको बैठकले नगरक्षेत्रभित्रका ६ वटा आयोजनाहरु समेत छनोट गरिसकेको छ । आयोजना अन्तर्गत वडा नम्वर ७ मा रहेको सेन्टर प्लट खेल मैदान प्राकृतिक दिर्घा आयोजना, वडा नम्वर ९ को प्रदेश सरकारसँगको साझेदारीमा बिशालटार खानेपानी तथा सरसफाई योजना, वडा नम्वर १० मा महाराजा बन क्षेत्र वरपर तोस खन्ने र जलुके घुमाउरे नहर मर्मत सम्भार, वडा नम्वर १७ मा कुलेनी मिश्रित कृषक समुह अन्तर्गत सौर्य उर्जा सिंचाई परियोजनामा साझेदारी, वडा नम्वर १२ मा बौलाहा खोला तटबन्ध र वडा नम्वर १४ मा बृक्षारोपण सहितका योजना रहेका छन् ।
नगरपालिका क्षेत्रभित्र आयोजना सञ्चालनका लागी कामका लागी पारिश्रमिकमा आधारित कार्यबिधि २०७६ बमोजिम कामदार समेत माग गरिएको छ । कामका लागी नगरपालिकाको रोजगार सेवा केन्द्रमा बेरोजगार फारम भरेका ब्यक्तिहरुलाई ५ दिनभित्र रोजगार सेवा केन्द्र वा सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न सुचना प्रकाशन गरिएको छ । नगरपालिकाले सुचना हिजो मंगलवार जारी गरेको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment