Thursday, June 13, 2019

खगेन्द्र पराजुली
देबचुली, ३० जेठ
प्रगतिनगर क्षेत्रमा सफा र स्वच्छ पानी बितरण गर्दै आईरहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ता समक्ष सुरक्षित पानी पुर्याउन लागिपरेको छ । यस अभियानका लागी सबै सरोकारवाला लगायत आम उपभोक्ताहरुलाई खानेपानी जस्तो संबेदनशील क्षेत्रमा सधै सतर्क रहन सार्वजनिक सुचना मार्फत सजग गराइएको प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । 

पछिल्लो समय सडक मर्मत सुधार, सडक कालोपत्रे गर्ने, ड्रेन तथा पूर्वाधार निर्माण तथा संघ प्रदेश र स्थानीय तहबाट स्वीकृत योजना कार्यान्वयन गर्ने क्रममा खानेपानीका पाइपहरुमा हानी–नोक्सानी हुन पुगेकोले अव उप्रान्त यस्ता क्षति भएमा सम्वन्धित निर्माण समिति वा संस्थावाट क्षति वरावरको रकम असुल उपर गराइने बताउनुभयो । 
त्यस्तै ब्यक्तिगत घर बनाउँदा र खेतवारी  सम्याउँदा, बिराउँदा समेत पाइपहरुमा क्षति पुग्ने गरेकाले खानेपानी बितरण प्रणाली प्रभावित भएकाले ठेक्का लिने ब्यक्ति, कामदार वा डोजर, ट्याक्टर, रोलरका सवारी चालक वा सवारी धनीले पानीको पाइप कहाँ छ बुझेर मात्र काम गर्न अनुरोध गर्नुभएको छ । वहाँले यस्ता निर्माणका क्रममा खानेपानीमा क्षति पुगेमा सम्वन्धित पक्षवाटै नोक्सान उपर जरिवाना गरिने समेत जानकारी दिनुभयो । 

वहाँले सार्वजनिक ठाउँमा वा खानेपानीका पाइपहरु रहेका शंका लागेका सम्भावित ठाउँहरुमा काम गर्नुपर्दा खानेपानी कार्यालयमा खवर गरेर काम गरेमा क्षतिमा कमी आउने भन्दै निर्माण कार्य गर्दा अनिवार्य रुपमा कार्यालयमा खवर गर्न समेत अनुरोध गर्नुभयो । कार्यालयले यस अघि पटक पटक सुचना जारी गर्दा पनि नोक्सानीको क्रम नरोकिएकोले जरिवाना, भरपाई र असुल उपरको दायरामा ल्याउनुपरेको वताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *