Friday, June 14, 2019

खगेन्द्र पराजुली
कावासोती, ३१ जेठ
नवलपुरको कावासोतीमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्पर्क इकाईको उद्घाटन भएको छ । आज कावासोती ८ धौलागिरी चोकमा दुईवटा इकाईको संयुक्त रुपमा शुभारम्भ गरिएको हो ।
मुख्य कार्यालय तनहुँमा रहेको केन्द्रको इकाइ कार्यालयका रुपमा स्थापित कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथिका रुपमा रहनुभएका गण्डकी प्रदेश साँसद रोशन बहादुर गाहा मगरले संघीयता प्राप्तिपछि जनताले बिस्तारै राज्यवाट पाउनुपर्ने सेवा सुबिधाहरु नजिकबाट पाउन थालेको दाबी गर्नुभयो । 
साँसद गाहाले नवलपुर जिल्ला कृषि उत्पादन अन्तर्गत पोल्ट्री ब्यवसाय, माछा, मासु, फलफुल लगायतमा आत्मनिर्भर उन्मुख रहेको वताउँदै यसलाई सम्वन्धित ठाउँहरुवाट सम्वोधन गर्दै जाने हो भने नवलपुरले प्रदेशलाई नै कृषि उत्पादनमा टेवा पुर्याउन सक्ने बिचार राख्नुभयो । 
यस्तै कार्यक्रममा अर्का साँसद बिष्णु लामिछानेले नवलपुर तीन तले जिल्ला भएकाले पहाडमा हुने अमिलोजन्य फलफूल, बेसार, अदुवा, तरुल र पशुपालन एवं तल्लो समथर भुभाग त अन्नको भण्डार नै भएकाले गण्डकी प्रदेशलाई कृषिमा आत्मनिर्भर वनाउने नै हो भने नवलपुरमा बेशी कृषि कार्यक्रम र गतिबिधिहरु सञ्चालन गर्दै नगद अनुदान भन्दा पनि प्रबिध, प्राबिधिक, औजार, लगायतका बस्तुगत बिषयमा लगानी गरी सबै किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 
उद्घाटनमा प्रदेश साँसदद्धय जनकलाल श्रेष्ठ र ओमकला गौतम, कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुन, कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका डा. शान्ता कार्की, नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्ष्यता भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिव दुर्गा प्रसाद दवाडीले गर्नुभएको थियो ।
 
कावासोतीमा स्थापित इकाइले संघीय सरकारका ससर्त कृषि कार्यक्रमका गतिबिधिहरु र प्रदेश सरकारले पारित गरेका कार्यहरुलाई कार्यान्वयनमा लैजान सक्नेछ । यस कार्यालयबाट नवलपुरका साथै तनहुँको केही भागका किसानहरु लाभान्वित हुने बिश्वास गरिएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *