Friday, June 14, 2019

खगेन्द्र पराजुली
कावासोती, ३१ जेठ
कावासोती नगरपालिका वडा नम्वर २ ले कृषि तथा पशु प्रबद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । आज कावासोती २ को हिमचुली चोकमा आयोजित  सो कार्यक्रममा एकदिने प्रशिक्षण तथा घासको बिउ एवं अर्गानिक मल अनुदानमा उपलब्ध गराउने सन्दर्भमा डाटा समेत संकलन गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
आयोजित कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका उप मेयर प्रेमशंकर मर्दनियाले संघीय संरचना अनुसार स्थानीय सरकारले पहिलो बर्ष निति नियममै लाग्नुपरेको उल्लेख गर्दै त्यसपछिको दोश्रो बजेट भनेकै चालु आर्थिक बर्षमा कृषि क्षेत्रलाई सम्वोधन गरिएको दावी गर्नुभयो । वहाँले किसानलाई उद्यमशिलतातर्फ अग्रसर हुन आग्रह गर्दै अवकोनिति कार्यक्रम र वजेटमा नगरपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राख्ने वताउनुभयो । 
करीव २ सय स्थानीयको उपस्थितिमा भएको कार्यक्रममा कावासोती नगरपालिकाका पशु शाखा प्रमुख बुद्धिबहादुर देउजाले पशु पर्बद्र्धनका सन्दर्भमा प्रवचन दिनुभएको थियो भने आधुनिक कृषि प्रबिधिका बारेमा सुन्तला जात फलफूल जोन नवलपुरका प्राबिधिक सहायक नरेन्द्र भण्डारीले प्रशिक्षण दिनुभएको थियो । 
वडा नम्वर २ को चालु आर्थिक वर्षको निति एवं कार्यक्रम अन्तर्गत रहेर गरिएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेलले गर्नुभएको थियो । वहाँले आज किसानहरुले आवश्यक परेको घाँसको बिउ तथा अर्गानिक मलको माग रेकर्ड दर्ता गरिएको वताउँदै ५० प्रतिसत अनुदान र ५० प्रतिसत किसानकै साझेदारीमा बिउ तथा मल बितरण गरिने जनाउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *