Friday, June 14, 2019

कावासोती, जेठ ३१
नवलपुर जिल्लामा नेपाल पत्रकार महासंघमा रहेको नेतृत्व पंक्तिले महासंघलाई छाता संगठनको रुपमा भन्दा पनि ठूला दलको भातृ संगठनको रुपमा विकास गर्दै लगेको क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । 

आज (शुक्रवार) क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा  भनिएको छ– महासंघले नवलपुरमा सधैं पत्रकारहरुको हकहितको पक्षमा वकालत गर्ने कुरा गर्ने तर व्यवहारमा नउतार्ने, दलबल र संख्याको आधारमा हाम्रो संगठनको अस्तित्वलाई अस्वीकार गर्ने लगायतका गतिविधि हामीलाई मान्य छैन । 
बिज्ञप्ति मार्पmत मुख्यतः अहिले पछिल्लो समय नेपाल पत्रकार महासंघको सदस्यता खोल्दा आफ्नो संगठनसँग कुनै परामर्श नलिएको प्रति घोर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ नवलपुरमा पत्रकारभन्दा पनि गैर पत्रकारहरु बढी रहेकोले संगठनलाई सुद्धीकरण गरेर मात्र महासंघको नयाँ सदस्यता खोल्न माग गरेको छ । 
त्यस्तै महासंघको नयाँ सदस्यताको लागि लिने भनिएको शुल्क चार हजार रुपैयाँ महासंघमा श्रमजीवि पत्रकारहरुलाई प्रवेशमा निषेध गर्ने गरी योजनाको रुपमा आएको आफूहरुको ठहर रहेको उल्लेख गर्दै यसलाई घटाएर अन्य जिल्लाहरुमा जस्तै बढीमा दुई हजार वा सो भन्दा कम गर्न समेत माग गरेको छ ।
बिज्ञप्तिमा सबैभन्दा पहिले नेपाल पत्रकार महासंघ नवलपुरलाई शुद्धिकरण नगरी नयाँ सदस्यताको नाममा गैर पत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवि पत्रकारहरुलाई पाखा लगाउने काम गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिदै माग तुरुन्त कार्यान्वयन गर्न र संगठन सहितको छलफलबाट यसलाई अगाडि बढाउन पनि माग गरिएको छ अन्यथा  क्रान्तिकारी पत्रकार महासंघ नवलपुर कडा आन्दोलनमा जान बाध्य हुने प्रेस बिज्ञप्तिमा छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *