Saturday, June 15, 2019

खगेन्द्र पराजुली
दलदले, ३२ जेठ
हाम्र्रो लक्ष्य सुखी एवं स्वस्थ्य सदस्य सहितको आदर्श वाक्यका साथ दलदलेमा महिला स्वास्थ्य स्वयंसेविका भेला भएको छ । देबचुली नगरपालिका १३ स्थित दलदलेमा बिकु साकोसले आज भेला सम्पन्न गरेको हो । 
फोटो केदार पराजुलीको फेसबुकबाट

कावासोती, गैडाकोट, मध्यबिन्दु र देबचुली नगरपालिकाको सहकार्यमा आयोजित  भेलामा करीव ५ सय जनाको उपस्थिति रहेको थियो भने लक्षित सहभागी स्वास्थ्य स्वयं सेविकाहरु मात्र ४ सय जनाको सहभागिता रहेको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी दिनुभयो । 
कार्यक्रममा ४ वटै नगरपालिकाका प्रमुखहरुलाई प्रमुख अतिथिका रुपमा राखिएकोमा उपस्थित गैडाकोट, मध्यबिन्दु र देबचुलीका मेयरत्रय क्रमश छत्रराज पौडेल, चन्द्रवहादुर राना र पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथित्रयले भेलालाई सम्वोधन गर्दै स्वास्थ्य स्वयं सेविकाले निशुल्क रुपमा पुर्याएको सहयोग प्रशसनीय रहेको वताउँदै स्थानीय तहबाटै स्वास्थ्य स्वयं सेबिकालाई धेरथोर प्रोत्साहन स्वरुप सेवा भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 
कार्यक्रममा देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटा र मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुलीको समेत उपस्थिति रहेको थियो । 
स्वास्थ्य स्वयं सेविकालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. केशवराज भुर्तेल र क्यान्सर रोग बिशेषज्ञ डा गंगा सापकोटाले स्वास्थ्यका सम्वन्धमा अभिमुखीकरण समेत गर्नुभएको थियो । 

भेलाको अध्यक्षता बिकु साकोस प्रधान कार्यालय गैंडाकोटका केन्द्रिय अध्यक्ष केशव सापकोटाले गर्नुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *