Saturday, June 15, 2019

जेठ ३२, कावासोती । 
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले नयाँ सदस्यता शुल्क ४ हजार रुपैयाँ लिने निर्णय गरे पछि नवलपुरका संचारकर्मीले चर्को विरोध गरेका छन् । 
स्थानीय संचारमाध्यमले दिने मासिक पारिश्रमिक जत्तिकै शुल्क नयाँ सदस्यता बन्दा दिनुपर्ने भएपछि सन्चारकर्मीहरुले यसको विरोध गरेका छन् । 
अन्य जिल्लामा २ हजार नयाँ सदस्यता शुल्क भए पनि नवलपुरमा दोब्बर बढी रकम तोकिए पछि मिडियामा कार्यरत संचारकर्मी अन्यौलमा परेका हुन । 
यता महासंघले भने नयाँ सदस्यता शुल्क २ हजार नै भएको दाबी गरेको छ । महासंघका अनुसार २ हजार नयाँ सदस्यता शुल्क र थप २ हजार महासंघको भवन निर्माणका लागि लिने निर्णय गरिएको हो ।
संचारकर्मिहरुले सहयोग रकम तोकेरै लिन नमिल्ने तर्क गरेका छन । उनीहरुले सहयोग रकम स्वत स्फूर्त दिने तर तोकेरै लिन नमिल्ने बताउदै आए पनि महासंघले त्यसको बेवास्ता गर्दै आएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले यसको खुलेरै विरोध गरेको छ । महासंघले विज्ञप्ति नै जारी गरेर चर्को शुल्क लिनु श्रमजीवि पत्रकारलाई महासंघको सदस्य हुनबाट बन्चिन गर्न खोजिएको भन्दै त्यसको विरोध गरेको छ । 
प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले पनि यस विषयमा आफूले महासंघका सम्बन्धितसँग कुरा राखेको बताए । उनले पत्रकारहरुको असन्तुष्टि छलफलबाट टुंग्याउनु पर्नेमा जोड दिए ।
प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलले पनि महासंघले नयाँ सदस्यको लागि निर्धारण गरेको शुल्क महंगो भएको भन्दै  विरोध गरेका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *