Thursday, July 4, 2019


खगेन्द्र पराजुली
देबचुली, १९ असार

शैक्षिक बर्ष २०७५ को एस्ईई परीक्षामा नवलपुरको दलदले स्थित मुनलाईट आदर्श पब्लिक एकेडेमीले संस्थागत बिद्यालयतर्फ ३.९५ जिपीए ल्याएर जिल्ला प्रथम नजिता ल्याउन सफल भएको दावी गरेको छ । एस्ईई परीक्षामा मूनलाईटकी छात्रा दीपा यस्मालीले ३.९५ जिपीए ल्याएर निजी बिद्यालयतर्फ जिल्ला प्रथम भएको भन्दै आज सम्मान सहित बिदाई तथा अभिनन्दन गरेको हो ।

बिद्यालयमै आयोजित अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले देबचुली नगरभित्र सञ्चालित  निजी बिद्यालयहरुले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको भन्दै संस्थागत रुपमा चलाईएका बिद्यालयलाई समेत प्रोत्साहन गर्दै लैजाने बताउनुभयो ।


बिशेष अतिथिका रुपमा रहनुभएका प्याब्सन केन्द्रिय उपाध्यक्ष भरतबाबु कंडेलले निजी बिद्यालयहरु बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईको रुपमा बिकास भैरहेको दावी गर्दै सरकार र सम्वन्धित निकायको समेत ध्यान पुग्न जरुरी रहेको बताउनुभयो ।


एस्ईईमा ३.९५ जिपीए ल्याउन सफल छात्रा दीपा यस्मालीलाई बिद्यालयका तर्फबाट उज्जवल भबिष्यको कामना साथ सम्मान पत्र सहित मायाको चिनो र दोसल्लाद्धारा अभिनन्दन गरिएको प्रिन्सिपल चन्द्रकान्त बस्यालले जानकारी दिनुभयो ।  


अभिनन्दन तथा बिदाई कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाकाका अध्यक्ष एवं पूर्व शिक्षक खिमानन्द भुसाल, देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग बाणिज्य संघ देबचुलीकै संस्थापक अध्यक्ष धर्म बसेल लगायत बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक एवं बिद्यालयबाट एस्ईई परीक्षामा उतीर्ण बिद्यार्थी समेतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता देबचुली १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्रीले गर्नुभएको थियो । 

1 comment:

  1. Samata school le GPA 4 lyayera board ma parda yo k news banaunu vako its worthless

    ReplyDelete




Contact Form

Name

Email *

Message *