खगेन्द्र पराजुली,
२० भाद्र, नवलपुर ।
गण्डकी प्रदेशका साँसद रोशन बहादुर गाहाले राज्यले महिलाहरुलाई समानुपातिक दृष्टिले सकारात्मक ब्यवहार गरिरहेको दावी गर्दै अव महिला दिदीबहिनीहरु उद्यमशीलतातर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।
सांसद गाहाले देबचुली १७ रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा आयोजित २दिने प्रदेश स्तरीय महिला सहकारी भेला तथा अनुशिक्षण तालिमको उद्घाटनका क्रममा महिलाहरुबाटै आयमुलक उत्पादनको सपना साकार हुने समेत बताउनुभयो ।
महिला उद्यमी उपभोक्ता सहकारी संस्था गण्डकी प्रदेश संयोजक बिमला अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, देबचुली नगरपालिकाका उपमेयर पार्वता तिवारी, जनज्योति नमूना माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्ले, महिला कल्याण बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष सरिता शर्मा लगायतले प्रशिक्षण तथा भेला सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै देबचुली नगरपालिकाका उपमेयर पार्वता तिवारीले बैदेशिक रोजगारमा महिलाको रुचीलाई कम गर्न पनि महिला लक्षित आर्थिक शशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
२ दिनसम्म चल्ने तालिममा महिलाहरुलाई उद्यमशीलतातर्फ उत्प्रेरणा गर्ने, देशभर अर्गानिक अभियान चलाउने, उपभोक्ता भण्डारण सञ्चालन गर्ने, क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने, महिलाहरुवाट सञ्चालित सहकारीहरुको ब्यवस्थापन, प्रबद्र्धन र बिकासमा पैरबी गर्ने लगायतका उदेश्य प्राप्तिका लागी तालिम सञ्चालन गरिएको महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. केन्द्रिय समिति महाराजगञ्ज का अध्यक्ष शान्ति गुरुङले बताउनुभयो ।
२ दिने तालिममा केन्द्रिय समितिका अध्यक्ष शान्ति गुरुङ, केन्द्रिय सचिव निर्मला श्रेष्ठ र सहकारी क्षेत्र सम्वन्धका नीति, ऐन र प्रावधानका बिषयमा प्रशिक्षक खिमानन्द भुसालले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन दुर्गा बिष्टले गर्नुभएको थियो ।
भोली समापन हुने भेला तथा तालिममा उपस्थित महिला सहकारी अगुवाहरुमध्येबाट गण्डकी प्रदेशका जिल्ला संयोजक समेत चयन हुने जनाईएको छ । कार्यक्रममा मुस्ताङ बाहेक १० जिल्लाका करीव ५० जना महिला अगुवाहरुको उपस्थिति रहेको छ ।
कार्यक्रम महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको आयोजना तथा युनिटेरा–३ सेसी काडमाण्डौको सहकार्यमा भएको हो ।
कार्यक्रम महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको आयोजना तथा युनिटेरा–३ सेसी काडमाण्डौको सहकार्यमा भएको हो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment