Friday, September 6, 2019


खगेन्द्र पराजुली
२० भाद्र, नवलपुर । 

बरचुली माबि देबचुली १७ मा बिद्यार्थी स्वागत तथा प्रशिक्षक बिदाई कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा सञ्चालित प्राबिधिक शिक्षा अन्तर्गतको १८ महिने भेटेरिनरी जे टि ए तेस्रो ब्याचका विद्यार्थीलाई दोस्रो ब्याचका विद्यार्थीले स्वागत गर्नुका साथै बिद्यालयले भेटेरिनरी प्रशिक्षक डा.प्रतिज्ञा गौतमलाई बिदाई गरेको हो । 

आज शुक्रबार देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको हो । 

प्रमुख प्रशासकिय अधिकृत भुसालले यो प्राबिधिक शैक्षिक संस्थाबाट प्राबिधिक जनशक्ति उत्पादन हुने भएकाले यो देबचुली नगरपालिकाकै  गौरवको कार्यक्रम भएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिनका लागी नगरपालिकाले सघाउने बताउनुभयो । 

कार्यक्रममा भेटेरिनरी कार्यक्रम संयोजक डा. रुपक कंडेल, प्रशिक्षक सत्यनारायण भुसाल, तीर्थ कोईराला, नेत्र पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मला रेग्मीले गर्नुभएको थियो भने सञ्चालन भेटेरिनरी बिद्यार्थी एशोसियसन तुलबहादुर भुजेलले गर्नुभएको थियो । 

बिदाई हुनुभएको प्रशिक्षक डा. गौतमले बिद्यालयमा सञ्चालित १८ महिने भेटेरिनरी एवं जेटिए कार्यक्रमका पहिलो र दोस्रो ब्याचका बिद्यार्थीलाई पढाउनुभएको हो । 

अहिले प्राबिधिकतर्फको तेस्रो ब्याचमा ४० जना बिद्यार्थी भर्ना भएका छन् भने बिद्यालयले पहिलो ब्याचमा ३३ जना र दोस्रो ब्याचमा ३४ जना गरी ६७ जना भेटेरिनरी तथा जेटिए प्राबिधिक जनशक्ति तयार गरेको छ । 

अहिले दोस्रो बर्षका ३४ जना बिद्यार्थीले ओजिटी मा समाबेश भएको प्रशिक्षक सत्यनारायण भुसालले जानकारी दिनुभयो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *