Friday, September 6, 2019


खगेन्द्र पराजुली, 
२० भाद्र, नवलपुर । 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा कावासोती नगरपालिकाले आज शुक्रवार प्रभातफेरी सहित अन्तक्रिया गरेको छ  । 

कावासोती नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नगर प्रमुख चन्द्राकुमारी पुनले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदेश सांसद रोशन बहादुर गाहा रहनुभएको थियो ।

प्रमुख अतिथि समेत रहनुभएको सांसद गाहाले देशभरि नै बिशेष गरेर चेलीबेटी तथा बालबालिका बेचबिखनको भयावह अवस्थाको रुपमा देखिएको धारणा राख्दै यसको रोकथामका लागी जनतामै सचेतनाको जरुरत रहेको बताउनुभयो । 

सांसद गाहाले पहिले र अहिलेमा बेचबिखनको प्रकृति फेरिएको उल्लेख गर्दै पहिलेपहिले मानव बेचबिखनमा संलग्न दलालहरुले भारतका बिभिन्न ठाउँमा ललाईफकाई प्रलोभनमा पारी पुर्याउने गरेकोमा अहिले भारतबाहेक अन्य मुलुकमा नेपाली चेलीहरुलाई पुर्याउने गरेको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोख्रेलले मानव बेचबिखनको प्रकृति, यसको चुनौती, असर र यसको रोकथामका बिषयमा डिजिटल कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

अन्तरक्रिया शुरु हुनुपुर्ब कावासोतीको फलफूल चोकदेखि  नगरपालिका कार्यालय परिसर सम्म प्रभातफेरी र्याली निकालिएको थियो । र्यालीमा मानव बेचबिखनका बिरुद्ध सचेतना जगाउने खालका प्लेकार्ड सहितका नारा लगाईएको थियो । 




0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *