खगेन्द्र पराजुली,
२० भाद्र, नवलपुर ।
संघीय साँसद तथा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अवको शिक्षा आत्मनिर्भरता उन्मुख हुनुपर्नेमा जोड दिनुभएको छ । नवलपुरको देबचुली नगरपालिका वडा नम्वर १० मा रहेको पृथ्वी माध्यमिक बिद्यालयको ४० औं बार्षिकोत्सब अभिभावक दिवस एवं नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै सांसद कोईरालाले नेपालको शिक्षाले अन्तराष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताउनुभयो ।
पृथ्बी माबिले सञ्चालन गर्दै आईरहेको प्राबिधिकतर्फको कृषि शिक्षा कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गरेर मात्र नभई आफुले हासिल गरेको ज्ञान, सीप र दक्षतालाई प्रयोगमा ल्याउनुपर्ने सुझाव दिनुभयो । वहाँले भन्नुभयो– पढ्यो, सर्टिफिकेट लियो, जागीरतर्फ मात्र मुख ताक्यो भने जीवन सफल हुदैन । यही कारणले देशमा शैक्षिक बेरोजगारको स्थितिमा बृद्धि भएको हो । अव सीप र ज्ञानलाई अधिकतम् रुपमा प्रयोग गर्नुपर्छ ।
त्यस्तै, प्रदेश साँसद रोशनबहादुर गाहामगरले जनजाति मध्ये पनि मगरहरुको बाहुल्यता रहेको यस ठाउँमा सञ्चालनमा रहेको प्राबिधिक शिक्षा यस क्षेत्रकै गौरवको बिषय भएकाले यसको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो ।
सांसद गाहामगरले भन्नुभयो– मगर समुदाय कुरा कम गर्ने र काम धेरै गर्ने जातिय स्वभाव भएकाले र बिशेष गरेर कृषि क्षेत्रमा श्रम गर्न सक्ने पनि भएकाले अव आफ्ना छोराछोरीलाई बैज्ञानिक र प्राबिधिक शिक्षा यहीबाट दिलाएर आर्थिक उपार्जनमा लगाउनुस् ।
कृषि प्रसंगमै रहेर वहाँले भन्नुभयो– हेर्नुस त मगरलाई माटो कति प्यारो छ ठाउँ–ठाउँका जमिन प्लटिङ र बाँझो छ यहाँ यति हराभरा छ त्यसैले अव यो जमिनमा पुरानो तरीकाले होईन नयाँ प्रबिधिसँग जोडिएर दोब्बर तेब्वर उत्पादन गर्नुपर्छ जसका लागी प्राबिधिक शिक्षामा छोराछोरीलाई भर्ना गर्नुस् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गनबहादुर रानाको अध्यक्षता सम्पन्न कार्यक्रममा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, बिभिन्न राजनैतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव समारोहमा बिद्यालयलाई सहयोग पुर्याउने ब्यक्तित्व लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थी, अभिभावक तथा शिक्षकलाई सम्मान गरिएको थियो ।
समारोहमा बिद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन शिक्षक डीलाराम भुसालले गर्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment