९ कार्तिक, बाग्लुङ ।
बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।
वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
बोङ्गादोभान प्रहरीका अनुसार पिकअप सडकदेखि करीब १ हजार २ सय मिटर तल खसेको छ । यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment