Saturday, October 26, 2019


खगेन्द्र पराजुली, 
९ कार्तिक, नवलपुर । 

कावासोती १४ वडा स्तरीय खेलकुद बिकास समितिद्वारा सञ्चालित वडास्तरीय खुल्ला भलिवल प्रतियोगिताका समापन भएको छ । 

बिहीवारदेखि वडाको चन्द्रहंस प्राबिमा सञ्चालित महिला, पुरुष तथा पुरुष–भेन्ट्रास भलिवल प्रतियोगिता आज शनिवार खेलाईएको फाईनल खेलसँगै सम्पन्न भएको हो । 

समापन कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका उप–प्रमुख प्रेमशंकर मर्दनियाले स्थानीय स्तरमा सञ्चालित प्रतिस्पर्धात्मक खेलकुदले युवा खेलाडीलाई खेलप्रति आकर्षण बढाउन मदत पुग्नुका साथै उमेर ढल्किदै गएकाहरुको खेलका माध्यमबाट शरीरमा स्फुर्ति र नयाँ उर्जा प्रवाह हुने बताउनुभयो । 

वहाँले स्वास्थ्यका लागी खेलकुद अपरिहार्य भएकाले नियमित खेलकुदमा जोकोहीले पनि रुची जगाउनुपर्ने धारणा राख्नुभयो । 

प्रतियोगितामा ८ समुह समावेश महिलातर्फको प्रतिस्पर्धामा मध्यबिन्दु नगरपालिका वडा नं. २ ले कावासोती १५ बरौलीलाई सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गरेको छ । 

महिलातर्फ प्रथम भएको मध्यबिन्दु २ ले नगद ८ हजार रुपैया प्राप्त गरेको हो भने उपबिजेता बनेको कावासोती १५ ले ५ हजारमा चित्त बुझाएको छ । 

त्यस्तै ३५ बर्ष उमेरमाथीका पुरुष भेन्ट्रासमा ५ समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा कावासोती १४ ले मध्यबिन्दु १ पतवारीलाई सोझो सेटमा पराजित गर्यो । 

भेन्ट्रासमा प्रथम भएको कावासोती १४ ले १० हजार रुपैयाँ र उपबिजेता बनेको मध्यबिन्दु १ ले ५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरे । 

यस्तै, पुरुषतर्फ २१ समूहले खेलेका थिए । फाईनलमा मध्यबिन्दु नगरपालिका २ का ए र बी समुह भिडेका हुन् । जसमध्ये मभ्यबिन्दु ए ले बी लाई हराएर प्रतियोगिताको बिजेता बनेको छ । बिजेता मध्यबिन्दु ए ले ३० हजार र उपबिजेता मध्यबिन्दु बी ले २० हजार नगद पुरस्कार प्राप्त गरेको छन् । 

प्रतियोगितामा जम्मा ३४ समूहले भाग लिएका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *