Saturday, October 26, 2019


खगेन्द्र पराजुली,
९ कार्तिक, नवलपुर । 

देवचुलीमा सञ्चालित सितोरीयो कराते–दो प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी खेलाडीलाई ग्रेडिङसँगै प्रमाण–पत्र बितरण गरिएको छ । 

आज शनिवार देबचुली ७ मा नियमित सञ्चालन गरिएको कराते तालिममा सहभागी भएका ४२ जना प्रशिक्षार्थी बालबालिकालाई नगरप्रमुख पूर्णकुमार श्रेष्ठ , जिल्ला खेलकुद समिति नवलपुरका अध्यक्ष बिकासकुमार केसी र नगर खेलकुद समितिका अध्यक्ष भीमलाल तिवारीले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभएको हो । 

राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने आदर्श वाक्यका साथ सर्बाङ्गिण बिकास, गतिशीलता र अनुशासनको उपलब्धी हासिल गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित प्रशिक्षणमा नगरपालिका क्षेत्रभित्रका युवाहरुको सहभागिता रहेको वडा नम्वर ७ का वडाध्यक्ष भुपराज पाठकले बताउनुभयो । 


प्रत्येक ३–३ महिनाको प्रशिक्षणपश्चात् सिकाईको मुल्यांकन गरी ग्रेडिङ प्रदान गर्दै सोही अनुसार प्रमाण पत्र बितरण गरिने गर्दछ । 

ब्ल्याक बेल्ट सेकेण्ड डान समेत रहनुभएका वडाध्यक्ष पाठक र अर्का सेकेण्ड डान हिमाल शर्माले प्रशिक्षार्थीलाई तालिम गराउनुभएको हो । 

सहभागी प्रशिक्षार्थीवाट ५ सय रुपैया प्रति महिना शुल्क लिएर उक्त रकमबाट ब्यवस्थापन मिलाईएको वडाध्यक्ष पाठकले जानकारी दिनुभयो । 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ तथा जिल्ला र नगर खेलकुदका अध्यक्षद्वय केसी र तिवारीले खेलकुद तथा बालबालिकाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट सघाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।  


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *