खगेन्द्र पराजुली,
९ कार्तिक, नवलपुर ।
कान्छो जिल्ला नवलपुरको कावासोतीमा जिल्ला रक्तसञ्चार केन्द्र खुल्ने भएको छ । आज शनिवार रेडक्रस सोसाईटी कावासोती उपशाखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा पहिलो पटक स्थापना गर्न लागिएको ब्लड बैंकको उद्घाटन गर्ने बिषयमा जानकारी गराईएको हो ।
नवलपुर अत्याधिक सडक दुर्घटना हुने क्षेत्र र यहाँको पहाडी क्षेत्रमा प्रसव अवस्थामा अत्याधिक रक्तश्रावका कारण आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने भौगोलिक अवस्था समेत रहेकाले यहाँ धेरै पहिलेदेखि नै ब्लड बैंकको आवश्यकता महसुुस भएपनि अव भने यसले सार्थकता पाउने भएको छ ।
उपशाखा सभापति बेदप्रसाद न्यौपानेका अनुसार जर्मनीको नेपाल हिल्फ बेलिन्ग्रिज ईभी संस्थाको ४६ लाख रुपैयाको सहयोगमा ब्लड बैंक सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।
यहाँ स्थापना गरिने ब्लड बैंकको सञ्चालन नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीले गर्ने भएपनि यसको अपनत्व जिल्ला शाखाको समेत हुने बताईएको छ ।
ब्लड बैंकको उद्घाटन यही कार्तिक १७ गते आईतबार रक्तदान कार्यक्रम सहित हुने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment