खगेन्द्र पराजुली,
१० कार्तिक, नवलपुर ।
शिक्षा सेवा समाज चितवन–नवलपुरको दोस्रो साधारण सभा चितवनको शैक्षिक तालिम केन्द्रमा भएको छ । आज आईतवार साधारण सभासँगै चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा स्मारीका लोकार्पण समेत भएको हो ।
समाजका खड्कबहादुर कमालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्षेत्रीय शिक्षा निर्देशक चोलेन्द्र पण्डित प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पण्डितले पुस्तक बिमोचन समेत गर्नुभएको नवलपुर शिक्षा ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाइ पश्चिम नवलपरासीका प्रमुख डोलराज पाण्डे, तनहु इकाइ प्रमुख रमाकान्त शर्मा, विद्यालय शिक्षक कितावखानाका महानिर्देशक दिनेशकुमार श्रेष्ठ तथा प्रमुख अतिथि पण्डितले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्रमुख अतिथि पण्डितले शिक्षा सेवा समाजका माध्यमबाट नवलपुर र चितवनमा शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा बिश्वास प्रकट गर्दै यस क्षेत्रकै शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजका सचिव गोपालप्रसाद कंडेलले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ऋषिराम शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा करीव ६० जनाको सहभागिता रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment