१० कार्तिक, नवलपुर ।
क्षेत्री समाज कावासोती ११ ले देउसी भैलो कार्यक्रम जारी राखेको छ । हिन्दुहरुको महान् पर्व दिपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित देउसीभैलो आयोजना गरिएको क्षेत्री समाजका बिकास केसीले जानकारी दिनुभयो ।
वहाँले परम्परागत संस्कृतिको संरक्षणार्थ सम्पूर्ण क्षेत्री समुदायलाई संस्थागत रुपमा परिचय कायम गराउन र समाजका बिकृति र बिसंगती बिरुद्ध गोलबद्ध गराउन यसवर्ष देउसी भैलोको आयोजना गरिएको बताउनुभएको छ ।
हिजो शनिवार देखि खेलिएको देउसी भैलो भोली सोमवारसम्म सञ्चालन गरिने जनाईएको छ ।
प्रशासनले खुला गरेको समयअवधिसम्म मात्र खेलिएको देउसी भैलो हिजो कावासोती ११ मा र आज पनि कावासोती ११ र देबचुली १५ का क्षेत्री बन्धुहरुको पायक पर्ने स्थानमा खेलाईएको बताउनुभयो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष समेत रहनुभएका केसीले देउसीभैलो अभियानमा संकलित रकमलाई समाजले सामाजिक हितकार्यमा खर्च गर्ने जनाउनुभएको छ ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment