Sunday, October 27, 2019


१० कार्तिक, नवलपुर । 

नारायणी नदीमा २ जनाले सँगै हाम फालेका छन् । नारायणी नदिको पुलबाट हाम फालेका २ मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार आज आईतवार अपरान्ह ४ बजे हाम फालेका अन्दाजी ३०–३५ बर्षका एक पुरुषको शव नदि किनारमा फेला परेको छ ।

बेपत्ता अर्का एक जनाको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । 

प्रत्यक्षदर्शीका अनुसार दुईजना संगै हाम फालेको थिए ।


प्रत्यक्षदर्शीका अनुसार पुलबाट हामफाल्ने मृत भेटिएका बाबु र बेपत्ता भनिएका मृतककै सन्तान हुन सक्ने आशंका छ । यध्यपि उनिहरुको पहिचान हुन सकेको छैन । नदी किनारबाट शव परिक्षणका लागि भरतपुर अस्पताल लगेको प्रहरीले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *