१० कार्तिक, नवलपुर ।
मध्यविन्दु चोरमारा स्थित भित्री बाटोमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् ।
आज आईतबार साँझ भएको दुर्घटनामा परी कावासोती ५ का २२ वर्षका कृष्ण कुमालको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
घाईते हुनेमा कावासोती ५ का १६ वर्षका धनबहादुर कुमाल र राम परियार सहित कावासोती ३ का १६ वर्षकै अमन पुन रहेका छन् ।
ना १८ प २९ नं को मोटरसाईकलमा ४ जना सवार रहेको जनाईएको छ । उतरबाट दक्षिण जाँदै गरेको मोटरसाईकल बाटो छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment