Monday, October 28, 2019


खगेन्द्र पराजुली
११ कार्तिक, नवलपुर । 

नवलपुर प्रहरीले जुवाजन्य गतिबिधि नियन्त्रणमा सक्रियता बढाएसँगै चाडपर्बको मौका पारेर जुवा खेलिरहेको स्थानबाट  मानिसहरु पक्राउ परेका छन् । 

गएराती देबचुली नगरपालिका १३ स्थित देवचुली पार्टी प्यालेसबाट जिल्ला प्रहरी कार्यालय नवलपुरले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २८ जना सबै स्थानीय रहेको प्रहरीले दिएको बिद्युतीय पत्रको सुचनामा उल्लेख छ । 

कौडाको खालबाट पक्राउ परेका ३० बर्ष उमेरदेखी ४० बर्ष उमेरका अधिक युवा छन् । २ जना ४२ र ४८ बर्षका छन् । 

कौडा खालबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगद, १ थान कौडा–बोर्ड, १६ थान कौडाका गोटी सहित उनीहरु पक्राउ परेका हुन् । 

त्यस्तै, गत साता देबचुलीकै मुण्डेको एक होटलबाट १ लाख ४१ हजार नगद सहित पक्राउ परेका ५ लाख रुपैंया धरौटीमा रिहा भएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत आनन्द भुसालले उल्लेख गर्नुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *