खगेन्द्र पराजुली
९ कार्तिक, नवलपुर ।
ताईवानमा आयोजित एक कार्यक्रममा त्यहाँको होप फाउण्डेशनद्वारा एसियन सामुदायिक विकास अवार्डबाट सम्मानित जागृति बाल क्लव नेपालकी अध्यक्ष आशा बिकलाई जागृति बाल तथा युवा सरोकार नेपालले सम्मान गरेको छ ।
आज शनिवार दलदलेमा आयोजित कार्यक्रममा आशाको सम्मानसँगै उहाँले सगाल्नुभएको अनुभव, कार्य र चुनौती सहितको भोगाई आफैले सुनाउनुभएको होे ।
आशाका अनुभव सुनिसकेपछि सम्मान कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएकी देबचुली नगरपालिकाकी उप–प्रमुख एवं क्लवकी सल्लाहकार पार्वता तिवारीले बालबालिका तथा किशोर–किशोरीलाई दृढ र आत्मवल सृजना गर्ने अभियान सहित सशक्तिकरणका क्षेत्रमा क्रियाशील रहेर धेरै देशका किशोरीमध्येबाट आशा सम्मानित हुनु नेपालका सम्पुर्ण किशोरी सम्मानित भएको अनुभुति गरेको सुनाउनुभयो ।
वहाँले देबचुली नगरपालिकाले बालबालिकाका साथै किशोरीहरुको सशक्तिकरणमा कुनै पनि बहानामा हातेमालो नतोडेको स्मरण गराउँदै आउने दिनमा पनि नगरपालिकाले गर्नुपर्ने समन्वय निरन्तर रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
आशाले बिद्यालय उमेरदेखी नै किशोरी सशक्तिकरणका अभियानमा समुदाय तथा बिद्यालय स्तरमा प्रशिक्षकका रुपमा भुमिका निर्वाह गर्दै आईरहनुभएको छ ।
वहाँले यो सम्मानपछि आफ्नो जिम्मेवारी किशोरीका सवालमा अझ बढेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकासकुमार केसीले आशालाई सम्मान–पत्र तथा दोसल्लाले अभिनन्दन गर्नुभयो ।
कार्यक्रममा क्लवका सल्लाहकार खिमानन्द भुसाल, होमनाथ जैसी, ललितबहादुर बोहोरा, मैना श्रेष्ठ, देबचुली नगर कार्यपालिका सदस्य नवकुमारी शर्मा, माया सुबेदी, सुबोचन्द्र सुबेदी, महासचिव दीपक शर्मा लगायतको सहभागिता रहेको थियो ।
किशोरी चिनमाया सारुको अध्यक्षमा सञ्चालित कार्यक्रमको सञ्चालन किशोरीद्वय बिद्या ढुंगाना र उषा खत्रीले गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा मासिक रुपमा सञ्चालन भएको कार्यक्रमको प्रतिवेदनमाथी छलफल तथा क्लवको मासिक बैठक समेत सम्पन्न भएको जनाईएको छ ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment