खगेन्द्र पराजुली,
३० अशोज, नवलपुर ।
प्रगतिनगर खानेपानी संस्थाले गत बर्षभन्दा २ सय ७७ प्रतिसत शुद्ध बचतमा बृद्धि गरेको छ । संस्थाका आन्तरीक लेखा समितिका संयोजक मथुराप्रसाद श्रेष्ठले २२ औं बार्षिक साधारण सभामा प्रस्तुत गर्नुभएको लेखा नीति तथा लेखा टिप्पणी प्रतिबेदनमा गत आर्थिक बर्षमा १७ लाख ८६ हजार ३ सय ४९ रुपैया शुद्ध बचत रहेकोमा संस्थाको यस आर्थिक बर्षमा ६७ लाख ३४ हजार ५ सय ८० रुपैया शुद्ध बचत रहेको हिसाव सार्वजनिक गर्नुभएको हो ।
आज बिहिवार देबचुली नगरपालिकाको सभाहलमा आयोजित प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष खिमानन्द भुसालले संस्थाले गरेका गौरवका रुपमा आफ्नो सेवाक्षेत्रलाई पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल नेपालकै पहिलो खानेपानी उपभोक्ता संस्थाको रुपमा र दोस्रो गौरवमा नेपालका उत्कृष्ट ब्यवस्थापन भएका खानेपानीहरुको सूचीमा समावेश लाई गौरवका रुपमा लिईएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै, संस्थाले गत बर्षमा सञ्चालन गरेका ६६ वटा कार्य प्रगतिको प्रतिबेदन सार्वजनिक गर्दै भावी कार्ययोजनामा ७१ वटा सम्पन्न गर्ने योजना रहेको बताउनुभयो ।
जसमा पानीको मूल मुहान स्रोत संरचनादेखि प्रशासनिक क्षेत्रसम्म तथा सरसफाईका क्षेत्रमा समेत योजना बनाईएको छ ।
अध्यक्ष भुसालको प्रतिवेदनमा संस्थाको अभिभाराको रुपमा सुरक्षित र पर्याप्त पानीको पहुँच, घरघरमा धारा, ब्यबस्थित र संमृद्ध आयोजना हाम्रो अभिभारा भन्ने मूल मन्त्रलाई कार्यान्वयन गरिने प्रतिवद्धता राख्नुभएको छ ।
संस्थाले बिश्व स्वास्थ्य संगठनले तय गरेका सुचक र मापदण्ड पुरा गरी सुरक्षित पानी र प्रभावकारी सेवा सहित नमूना खानेपानी योजना निर्माण गर्ने लक्ष्य रहेको समेत प्रतिबेदनमा उल्लेख छ ।
संस्थालाई नयाँ उचाईमा पुर्याउने दौरानमा चुनौतीहरु रहेको उल्लेख छ बिशेषत बाटो सुधार तथा पीचका क्रममा पाइपलाईन बाटोको बीचमा हुनु, बजार क्षेत्रमा पाईपलाईन निकै गहिरो ठाउँमा हुनु, बर्षातको बेला मुहान स्रोत धमिलो हुनु, मापदण्ड पुरा नगरी बनाईका घर तथा पुर्बाधार र पानीको चाँप तथा पुराना पाईप फुट्नु खानेपानीका प्रमुख समस्या चुनौतीका रुपमा रहेको औल्याईएको छ भने सरसफाईका क्षेत्रमा फोहोरमैलाको उचित र स्थायी ब्यवस्थापन नहुनु मुख्य चुनौतीको रुपमा दर्साइएको छ ।
प्रगतिनगर खानेपानीले यहीको साधन र स्रोतलाई संभावनाका रुपमा उपयोग गर्दै अवसर पक्रन सक्ने दावी गरेको छ ।
अध्ययनले यहाँ भूमीगत पानीको प्रसस्त संभावना रहेको, मुहान क्षेत्रको स्रोत बृद्धि गर्न सकिने अवस्था, तीनै तहका सरकार तथा दातृ निकायको सहयोग, गण्डकी सरकारको प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने प्रतिबद्धता, सबै पक्षवाट सकारात्मक सहयोग हुनु संस्थाले लिएका लक्ष्य र अभिभारा पूरा गर्ने अवसर भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता खिमानन्द भुसालले गर्नुभएको हो ।
दिप प्रज्ज्वलन गरी समुद्घाटन भएको साधारण सभामा संस्थाका उपाध्यक्ष रुक्मागत भुसालले स्वागत गर्नुभएको थियो ।
साधारण सभामा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, जनप्रतिनिधि, छिमेकी खानेपानी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment