Friday, October 18, 2019



उर्मिला यादव यात्री
कार्तिक १, परासी
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका ६ गुठी प्रसौनीमा भएको हत्यामा संलग्न एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउपालिका ६ गुठी प्रसौनीका २१ बर्षिय संजय डोम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
बासफोरले प्रयोग गरेको यु.पी ५७ जेड ६१५२ को नम्बरको भारतिय मोटरसाईकल र मोबाईल घटना स्थलमा भेटिएका थियो भने मृतकको टाउकोमा गम्भिर चोट लागेको र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमानले अनुसन्धान गर्दै जादा अन्य ब्यक्तिहरुको संग्लग्नतामा राजकुमार बासफोरको हत्या गरीएको थियो ।

घटना संजय डोमले गरेको प्रारम्भिक अनुसंधानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ।

गत मंगलबार सुस्ता गाउपालिका वडा नम्बर ५ बेलवानी बस्ने ३५ बर्षिय राजकुमार बासफोरको शव नेपाली नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *