उर्मिला यादव यात्री
कार्तिक १,सुनवल ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत गएराति सुनवल नगरपालिका वडा नम्बदुर ५ हर्दियामा सवारी साधन दुर्घटना हुदा २ जना घाइते भएका छन । पुर्व बाट पश्चिम जादै गरेको लु ५० प ७१८९ नम्बरको मोटरसाइकललाइ बिपरीत दिशाबाट आउदै गरेको नम्बर नखुलेको बोलेरोले ठक्कर दिदा दुइ जना घाइते भएका हुन ।
घाइते हुनेमा मोटरसाइकल चालक सुनवल १३ वडेरा बस्ने किसन पौडेल रहेका छन भने मोटरसाइकल पछाडि सवार सुनवल ७ ज्यामिरे बस्ने कृष्ण कवर गम्भिर घाइते भएको प्रत्यक्षदर्शी नन्दु कवरले जानकारी दिनु भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment