Friday, October 18, 2019

फाईल तस्बीर 
खगेन्द्र पराजुली
१ कार्तिक, नवलपुर । 

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत दाउन्नेमा गएराति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने २ जना घाईते भएका छन् । 

पश्चिमबाट पूर्ब जादै गरेको ना ६ ख ८११६ नम्बरको ट्रक भिरबाट करिब डेढ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

दुर्घटनामा परी ट्रकमा सवार पश्चिम नवलपरासी सरावल गाउँपालिका १ का अन्दाजी १८ बर्षका खेमराय चौधरीको ज्यान गएको छ भने ट्रक चालक पर्सा जिल्लाका २४ बर्षिय मनोज मुखिया र सहचालक पर्सा बहुदलमाई ४ का २० बर्षका शिव यादव घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्र अधिकारीले बताउनुभएको छ । 

मृतकको शव चोरमारा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमका लागी राखिएको छ भने घाईतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *