खगेन्द्र पराजुली,
१ कार्तिक, नवलपुर ।
भोली शनिवार बिश्वकै दुर्लभ डंगर प्रजातीका गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिने भएको छ ।
नवलपुरको कावासोती १३ मा रहेको चितवन राष्ट्रिय निकुञ्ज लामीचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने नमूना मध्यवर्ती सामुदायिक बनमा अवस्थित जटायु रेष्टुरेण्ट क्षेत्रमा एक कार्यक्रमकाबीच गिद्ध प्रकृतिमा छोडिने जटायु रेष्टुरेण्ट ब्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभएको हो ।
वहाले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको गिद्ध पुनस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार २०७५ माघमा चितवनको गिद्ध प्रजनन केन्द्रमा जन्मीएका र हुर्काईएका गिद्धलाई कावासोतीको जटायु रेष्टुरेण्टमा छाडन लागिएको बताउनुभएको छ ।
९ महिनाका १३ वटा गिद्धलाई शनिबार प्राकृतिक बासस्थामा छाडन लागिएको हो । जालीभित्र पनि खुल्ला रुपमै हुर्काईएका ती १३ डंगर जातका गिद्धका बच्चा प्रकृतिसंग घुलमिल हुन सक्ने भएपछि खुल्ला प्रकृतिमै छाडने तयारी गरिएको हो ।
यसरी छाडिने गिद्धको अवस्थाको बारेमा बुझ्न तीनका शरीरमा ट्याग, जिपिएस ट्रयाकर जडान गरिने जटायु रेष्टुरेण्टका प्रबन्ध निर्देशक डिबी चौधरीले बताउनुभयो ।
जटायु रेष्टुरेण्टले बिगतका बर्षमा समेत प्रकृतिवाट लोप हुन लागेका गिद्ध संरक्षण गर्ने उदेश्यका साथ हुर्काईएका गिद्ध प्रकृतिमा छोड्ने गरेको छ ।
इको–सिष्टम र पर्यावरण सन्तुलन कायम राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने संरक्षणमा सक्रिय संरक्षणकर्मीहरु बताउछन् ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment