Friday, October 18, 2019



उर्मिला यादव यात्री कार्तिक १, परासी


एम्नेष्टी नेपाल ग्रुप ३१ पश्चिम नवलपरासीले जलवायु परिबर्तन सम्बन्धि जागरण अभियान कार्यक्रम परासीमा सम्पन्न गरेको छ ।
एम्नेष्टी नेपाल ग्रुप ३१ पश्चिम नवलपरासीका संयोजक हुसेन अन्सारीको संयोजकत्वमा फ्युचर लाइट एकेडेमी परासीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा फ्युचर लाइट एकेडेमी परासीका कक्षा आठ, नौ र दशमा अध्ययनरत बिद्यार्थीहरुलाइ जलवायु परिर्वतनको कारण , यसको तत्व र यसबाट हुने हानी नोक्सानी तथा यसको नियन्त्रणका बिषयमा एम्नेष्टी नेपाल ग्रुप ३१ पश्चिम नवलपरासीका निर्बतमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजय कुमार जैसवालले प्रशिक्षण दिनु भएको थियो ।
उहाले जलबायु परिर्वतनले मानव जगतमा हुन जाने क्षतिहरुको बारेमा पनि जानकारी गराउनु भएकोथियो । यो अभियान निरन्तर जारी रहने जैसवालले बताउनु भएको छ ।
कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक अमृत कुमार चौधरी , शिक्षक सदन पौडेल , कक्षा ८ , ९ र १० का बिद्यार्थी ,एम्नेष्टी नेपाल ग्रुप ३१ परासीका संयोजक हुसेन अन्सारी, निबर्तमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजयकुमार जैसवाल लगायतको सहभागिता रहेको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *