Saturday, October 19, 2019


२ कार्तिक, परासी । 

पश्चिम नवलपरासीको सरावल ४ का मगरु हरिजन अज्ञात समुहको आक्रमणबाट घाईते भएका छन् । 

गएराती आक्रमण गरेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

शुक्रवार राती सरावल ४ मंगलापुरका ४५ बर्षका मगरु हरिजनमाथी धारिलो हतियारले आक्रमण भएको प्रहरीले जनाएको छ । 

हरिजनलाई आफ्नै घरको आँगनमा सुतिरहेको बेला आक्रमण हुँदा उनको घाटीमा चोट लागेको छ । 
सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवका अनुसार हरिजनमाथी कस्ले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । 

घाईतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्समा उपचार भैरहेको छ । 

घटनाको अनुसन्धान भैरहेको गोबरहिया प्रहरी चौकीका इन्चार्ज सिबी ओलीले जानकारी दिनुभएको छ । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका इन्सपेक्टर महेश्वर उपाध्यायले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *