खगेन्द्र पराजुली,
१७ कार्तिक, नवलपुर ।
देबचुली नगरपालिकाको चौध नम्वर वडाको वडा कार्यालय भवन बन्ने भएको छ । आज आईतवार बास्तु बिधी अनुसार वडा कार्यालय भवनको शिलान्यास भएको छ ।
स्थानीय प्रेमप्रसाद बसेलले आज कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
बसेलले १ कट्ठा साढे ३ धुर जमिन वडा कार्यालय भवन निर्माणका लागी दान गर्नुभएको हो । जग्गादाताकै करकमलवाट शिलान्यास गरिएको वडा नम्वर १४ का अध्यक्ष हेमराज दवाडीले जानकारी दिनुभयो ।
वडाध्यक्ष दवाडीले कार्तिक २१ गतेबाट निर्माण कार्य शुरु गरी माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
नगर स्तरीय सार्वजनिक पुर्वाधार निर्माण र क्रमागत बिकास अन्तर्गत गत बर्षको वडा कार्यालय भवन निर्माण शिर्षकको बजेटबाट भवन निर्माण हुनेछ ।
निर्माणको जिम्मा काठमाण्डौको डोको कन्ट्रक्सनले पाएको छ ।
शिलान्यासका क्रममा देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठ, वडाध्यक्ष दवाडी, वडासदस्यहरु सहित केही स्थानीयको उपस्थिति रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment