Sunday, November 3, 2019


खगेन्द्र पराजुली, 
१७ कार्तिक, नवलपुर । 

८० बिगाहा जमिन सिचाई गर्ने उदेश्यले देबचुली ११ धारापानीको पश्चिम शाखामा सिद्धाश्रम डिप बोरिङ्को शिलान्यास भएको छ । 

आज शनिवार डिप बोरिङ्को शिलान्यास संकल्प स्थानीय रबिलाल भुसालले गर्नुभएको हो । 

सिचाई प्रयोजनका लागी बोरिङ्ले चर्चिने जमिन निशुल्क दिने मञ्जुरी दिनुभएका झबिलाल भुसालका छोराले शिलान्यास बिधि अनुसार संकल्प गर्नुभएको वडाध्यक्ष रमेश ठाडाले बताउनुभएको हो । 

वडाध्यक्ष ठाडाका अनुसार देबचुली नगरपालिकाको गत आर्थिक वर्ष २०७५–०७६ को कृषि सिचाई अन्तर्गत देबचुली ११ डिप बोरिङ् लाई सम्पन्न गर्न क्रमागत योजना अनुरुप यस बर्ष बजेट थप गरि काम अगाडी बढाईको हो । 

वहाँले पहिलो चरणको मुख्य प्वाईन्ट सम्पन्न गर्न अनुमानित ३३ लाख रुपैयाँ लाग्ने भए अनुसार गतबर्षको १५ लाख र थप ११ लाख तथा उपभोक्ताको ४ लाख रुपैंयाँ गरी ३० लाख रुपैयाँमा काम हुने बताँउदै यही आर्थिक बर्षभित्रमा सिचाईका लागी पानी सञ्चालनमा ल्याईने जनाउनुभयो । 

वहाँले काम गर्दै जाँदा रकम अपुग भएमा ब्यवस्था मिलाईने समेत बताउनुभएको छ । 

शिलान्यासमा वडाअध्यक्ष रमेश ठाडा, वडासदस्य नवराज भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, सहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *