Sunday, November 3, 2019


खगेन्द्र पराजुली, 
१७ कार्तिक, नवलपुर । 

नवलपुर जिल्लामा वडाध्यक्षका लागी हुने एक मात्र स्थानमा नेकपाले उम्मेदवार चयन गरेको छ । मंसीर १४ गते हुने उपनिर्बाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बौदीकाली ५ बबोकमा खिमबहादुर थापा खरु मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको होे । 

आज आईतवार बसेको जिल्ला कमिटि नवलपुरको बैठकले सर्बसम्मत रुपमा वडा, गाउँ हुदै जिल्ला कमिटिमा सिफारीस हुन आएको नामलाई उम्मेदवारको रुपमा निर्णय गरिएको नेकपा जिल्ला  कमिटि अध्यक्ष रोशन गाहाले बताउनुभयो । 

वहाँले आजै बिप्लव नेतृत्वको नेकपा परित्याग गरी गुराँस उपनामका गणेश बिश्वकर्मा पार्टी प्रबेश गर्नुभएकोले पार्टीमा स्वागत गरिएको समेत जानकारी दिनुभएको छ । 

गुराँस यसअघि २ पटकसम्म बिप्लवको कार्यकर्ता भएकैले पक्राउ पर्नुभएको थियो । 

बौदीकाली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष दलबहादुर खरूमगरको ह्दयघातका कारण निधन भएको थियो । उहाँले नेकपा एमालेबाट निर्बाचित हुनुभएको हो । मगरले ३ सय ८४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुक्तबहादुर थापा मगरले १ सय ५४ मत प्राप्त गर्नुभएको थियो । 

खरु मगरको निधन पश्चात् कार्यवाहक सम्हाल्नुभएका अध्यक्षको पनि निधन भएको छ ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *