खगेन्द्र पराजुली
१७ कार्तिक, नवलपुर ।
देबचुली ७ मा शुक्रवारबाट जारी देबचुली नगरपालिकाको वडास्तरीय भलिवल प्रतियोगितामा आज आईतवार ६ खेल सम्पन्न भएका छन् ।
आजको खेलमा आयोजक समुह बी, रजहर समुह, मुढावास समूह बी, रजहरको अर्को समुह, आपटारी समुह र आयोजक सेतो समुहले जित निकालेर अर्को चरणमा प्रबेश गरेका छन् ।
प्रतिस्पर्धा आयोजक समुह बी सँग मुढावास ए समुह , रजहरसँग मुण्डेको समुह ए, मुढावास समूह बीसँग गैडीको समुह, रजहरको अर्को समुहसँग जनजागृती युवा क्लव बिशालटार, आपटारी समुहसँग आयोजक निलो र आयोजक सेतोसँग मुढाबास समुह बी बीच भएको क्लवका सचिव कृष्ण पाठकले बताउनुभयो ।
शुक्रवारबाट शुरु भएको खेल आज आईतवार सकिने भनिएपनि भोली सेमिफाईनल, फाईनल र तेस्रो स्थानको खेल हुने आयोजक क्लवका अध्यक्ष्ँ मनप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५–१५ र १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने खेल संयोजक प्रबिण थापाले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment