Sunday, November 3, 2019


उर्मिला यादव 
कार्तिक १७, सुनवल ।

पश्चिम नवलपरासीमा  सवारी साधन दुर्घटनामा बृद्धि भएको छ । गत साउन महिना देखि कार्तिक १६ गतेसम्ममा ६४ वटा सडक दुर्घटनामा ९ जनाको ज्यान गएको छ । 

दुर्घटनामा ३६ जना गम्भिर घाइते भएका छन् भने  २९ जना सामान्य घाइते भएका हुन् ।

 दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल रहेका छन् । 

कार्यालयले दिएको मासिक तथ्याङ्क अनुसार साउन महिनामा भएका  १३ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ  भने भदौमा ११ वटा दुर्घटना हुदा कसैको ज्यान नगए पनि  ५ जना गम्भिर घाइते भएका थिए । 

यस्तै असोज महिनामा १९ वटा  दुर्घटना भएका छन । दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भने कार्तिक महिनाको आधा महिनामा २१ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन । 

जसमा कार्तिकमा १६, असोजमा १३, साउनमा  ९ , भदौमा ८ ,  गरी कुल ४६ वटा मोटरसाइकल दुर्घटना भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *