खगेन्द्र पराजुली
१८ कार्तिक, नवलपुर ।
लोकाहापुलको ग्याबिनमाथी भेटिएको शंकास्पद बस्तु होंक्स भएको पुष्टि भएको छ ।
आज सोमवार बिहान रातो झोलामा कालो टेपले बेरेर बिजुलीको रातो–कालो तारको टुप्पो देखिने गरी प्याक गरेको अवस्थामा नवलपुरको कावासोती र देबचुली नगरपालिकाको सिमानामा रहेको पूर्बपश्चिम मुख्य मार्गको लोकाहामा शंकास्पद बस्तु भेटिएको थियो ।
उक्त बस्तु बम नै नभए पनि सर्वसाधारणलाई बमको त्रासमा डर उत्पन्न गराउने होंक्स भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
बिहानै पुलको नजिकै शंकास्पद बस्तु रहेको सुचना पाएलगत्तै प्रहरी र ससस्त्रले सो स्थानमा घेरा हालेका थिए ।
करीब सवा नौ बजे झ्याल्टुङडाँडाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएपश्चात् बिहान ११ वजे शंकास्पद बस्तुलाई निस्क्रिय पारिएको थियो । निस्क्रिय पार्ने क्रममा भने बिस्फोटको आवाज आएको थियो ।
प्रहरीका अनुसार उक्त बिस्फोटको आवाज निस्क्रिय पार्ने क्रममा डिस्पोजलका क्रममा अपनाईने बिधि हो ।
सेनालाई उक्त बस्तु निस्क्रिय पार्न र पहिचान गर्न पौने २ घण्टा समय लागेको थियो ।
डिएसपी रानाभाटका अनुसार प्याक गरिएको उक्त पोको भित्र टिनको डब्बामा ढुंगा–माटो रहेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment