Monday, November 4, 2019


१८ कार्तिक, नवलपुर । 

नेपाल रेडक्रस सोसाईटीद्वारा गोछडामा आयोजित संरक्षण, लैङ्गिक समता तथा सामाजिक समावेशीकरण सम्बन्धि एक दिवसीय जिल्ला स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । 

रेडक्रस नवलपुर जिल्ला शाखाका पदाधिकारी, कार्यसमिति सदस्यहरु, जिल्लामा रहेको उपशाखाका पदाधिकारी गरि २५ जना सहभागीता रहेको तालिमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी वरिष्ठ कार्यक्रम अधिकृत सरस्वती न्यौपाने र बाल संरक्षण अधिकृत सवनम पोख्रेलले सहजिकरण गर्नुभएको थियो । 


तालिममा बाल संरक्षण, लैङ्गिक विभेद, धार्मिक, जातीय तथा भौगोलिक विभेदले  समाजमा सृजना गरेको द्वन्द, हिंसा न्यूनिकरणमा रेडक्रसकर्मीले ध्यान दिनुपर्ने विषयमा सहजिकरण गरेको जिल्ला अध्यक्ष मदन भक्त अधिकारीले जानकारी दिनुभयो । 

तालिमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सदस्य केशव प्रसाद सापकोटाले रेडक्रस द्वन्द, वाढी तथा प्रकोपमा मानवीय उद्वारसंगै त्यस्तो जोखिम अवश्था सृजना हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो । उहांले जुनसुकै विभेदले द्वन्द र हिंसा सृजना गर्ने भएकाले त्यसको न्यूनिकरणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *